बोदेबर्साईन। सप्तरीमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि स्थानीयहरूले निर्घात कुटपिट गरेका छन्। बलान विहुल गाउँपालिका वडा ३ कि सोसिता दासलाई कथित बोक्सी भन्दै स्थानीयहरूले निर्घात कुटपिट गरेका हुन् ।
गोबरको गुइँठा बनाउँदै गरेकी सोसितालाई बाख्रा हराएको निहुँमा बोक्सी भन्दै छिमेकी रामकुमार दासको श्रीमती जमुना दास ,भोपिन्द्र दासको श्रीमती रामकुमारी दास, भोपिन्द्र दास को छोरी मङ्ली भन्ने सीता दासको समूहले थुपारिएको गोबरभित्र टाउको घुसार्दै कुटेको पीडितको ससुरा देव नारायण दासले बताए।
बुधवार नै छिमेकीहरू मिलेर आफ्नी बुहारी लाई झुटो आरोप लगाई कुटपिट गर्यो । तर हामी निवेदन दिन प्रहरीमा जान खोज्दा वडा अध्यक्ष राज किशोर यादवले हामीलाई प्रहरीमा निवेदन दिनुपर्दैन भनेर धम्क्याएको छ । मेरो वडाको घटना हो सामाजिक रूपमा म आफै मिलाउँछु भन्दै आएका छन् । हामी गरिब हो आज वडा अध्यक्ष को कुरा मानिन भने भोलिदेखि जीवनभर हामीलाई दुख दिने होला भने डरको कारण हामी न्यायको लागि प्रहरीसम्म पुग्ने आँट गरेका छैनौँ। पीडितका ससुरा देवनारायणले भने ।
बहिनीको श्रीमान् रोजगारीको लागि काठमाडौँ गएका छन् । चार जना छोरी एक छोरा सहित गाउँमा बस्दै आएकी बहिनीलाई बोक्सी भन्दै छिमेकीहरूले धेरै कुटपिट गरेको छ ।कुटपिटले बहिनीको शरीरका विभिन्न भागहरू फुटेको , सुनेको र भित्री अङ्गबाट अत्यधिक रक्तस्राव समेत भइरहेको छ । घटनाको आज तीन दिन हुँदै छ उनी आफैँ उभिन र बोल्न समेत सकेको छैन । गरिबी र पैसा अभावले बहिनीलाई उपचारमा लाग्न नसकेको पीडित सोसिताकी दिदी रिता देवी दासले बताइन्।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend