बोदेबर्साईन। सप्तरीमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि स्थानीयहरूले निर्घात कुटपिट गरेका छन्। बलान विहुल गाउँपालिका वडा ३ कि सोसिता दासलाई कथित बोक्सी भन्दै स्थानीयहरूले निर्घात कुटपिट गरेका हुन् ।
गोबरको गुइँठा बनाउँदै गरेकी सोसितालाई बाख्रा हराएको निहुँमा बोक्सी भन्दै छिमेकी रामकुमार दासको श्रीमती जमुना दास ,भोपिन्द्र दासको श्रीमती रामकुमारी दास, भोपिन्द्र दास को छोरी मङ्ली भन्ने सीता दासको समूहले थुपारिएको गोबरभित्र टाउको घुसार्दै कुटेको पीडितको ससुरा देव नारायण दासले बताए।
बुधवार नै छिमेकीहरू मिलेर आफ्नी बुहारी लाई झुटो आरोप लगाई कुटपिट गर्यो । तर हामी निवेदन दिन प्रहरीमा जान खोज्दा वडा अध्यक्ष राज किशोर यादवले हामीलाई प्रहरीमा निवेदन दिनुपर्दैन भनेर धम्क्याएको छ । मेरो वडाको घटना हो सामाजिक रूपमा म आफै मिलाउँछु भन्दै आएका छन् । हामी गरिब हो आज वडा अध्यक्ष को कुरा मानिन भने भोलिदेखि जीवनभर हामीलाई दुख दिने होला भने डरको कारण हामी न्यायको लागि प्रहरीसम्म पुग्ने आँट गरेका छैनौँ। पीडितका ससुरा देवनारायणले भने ।
बहिनीको श्रीमान् रोजगारीको लागि काठमाडौँ गएका छन् । चार जना छोरी एक छोरा सहित गाउँमा बस्दै आएकी बहिनीलाई बोक्सी भन्दै छिमेकीहरूले धेरै कुटपिट गरेको छ ।कुटपिटले बहिनीको शरीरका विभिन्न भागहरू फुटेको , सुनेको र भित्री अङ्गबाट अत्यधिक रक्तस्राव समेत भइरहेको छ । घटनाको आज तीन दिन हुँदै छ उनी आफैँ उभिन र बोल्न समेत सकेको छैन । गरिबी र पैसा अभावले बहिनीलाई उपचारमा लाग्न नसकेको पीडित सोसिताकी दिदी रिता देवी दासले बताइन्।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend