Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस सांसद भण्डारीको अवस्था स्थिर, आजै दुई वटा अपरेशन हुने


    शुक्रबार, फाल्गुन ५ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आजै दुई वटा अपरेशन हुने भएको छ । बुधवार राती ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पालमा शल्यक्रिया हुन लागेको हो ।

    बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीले वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरू गरेको जानकारी दिएका छन । कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको छ ।

    काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । नेपालमा उपचार सम्भव नहुने भनिए पछि बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

    सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार