काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी अशोक सिंहका बिरुद्ध हुँदै नभएको योग्यता देखाएर जागिर खाएको, नागरिकतामा उमेर सच्याएकाले छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वप्रकाश भेटवालले बुधबार दर्ता गरेको उक्त उजुरीको दर्ता नम्बर सी–०४१७१७ रहेको छ । नागरिकता नै छानबिन गर्नुपर्ने र प्रमाणपत्रको बारेमा समेत प्रश्न उठेका डीआइजी सिंहलाई एआइजी बढुवामा पहिलो वरियतामा बढुवा गरी आइजीपी बनाउने चलखेल भएको समयमै उनका बिरुद्ध गम्भीर उजुरी परेको छ ।
उजुरीमा उल्लेख छ–२०५१ चैत ५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा कार्यरत डीआइजी अशोक सिंहले कीर्ते गरि सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेका छन् ।
प्रहरीमा जागिर खानकै लागि पहिले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए । सो बिषय अशोक सिंहले गत बर्ष सामाजिक संजाल फेसबुकमा हालका गृहसचिव बिनोदप्रकाश सिंहलाई सचिब पदमा बढुवा भएकोमा मेरो प्रिय भाइ बिनोद सिंहलाई बधाई भन्दै लेखेका थिए । आगामी बर्ष ५८ बर्षे उमेर हदले अनिवार्य अवकाश पाउने गृह मन्त्रालयका सचिब बिनोदप्रकाश सिंह (हाल ५७ बर्ष) लाई भाइ भनेर सम्बोधन गर्ने डीआईजी अशोक सिंहको हालको उमेर ५७ बर्षभन्दा बढी हुनुपर्ने हो । सोहि हिसाबले डीआईजी सिंहले प्रहरी नियमावली अनुसार डीआइजीको ५६ बर्षे उमेरहदको कारण स्वत अवकास पाउनुपर्दछ । तसर्थ निजको शुरु नागरिकता जारी भएको जिल्लादेखि सम्पुर्ण रेकर्ड मगाइ गम्भीरतापूर्वक छानबिन गर्न जरुरी देखिन्छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend