काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी अशोक सिंहका बिरुद्ध हुँदै नभएको योग्यता देखाएर जागिर खाएको, नागरिकतामा उमेर सच्याएकाले छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वप्रकाश भेटवालले बुधबार दर्ता गरेको उक्त उजुरीको दर्ता नम्बर सी–०४१७१७ रहेको छ । नागरिकता नै छानबिन गर्नुपर्ने र प्रमाणपत्रको बारेमा समेत प्रश्न उठेका डीआइजी सिंहलाई एआइजी बढुवामा पहिलो वरियतामा बढुवा गरी आइजीपी बनाउने चलखेल भएको समयमै उनका बिरुद्ध गम्भीर उजुरी परेको छ ।
उजुरीमा उल्लेख छ–२०५१ चैत ५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा कार्यरत डीआइजी अशोक सिंहले कीर्ते गरि सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेका छन् ।
प्रहरीमा जागिर खानकै लागि पहिले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए । सो बिषय अशोक सिंहले गत बर्ष सामाजिक संजाल फेसबुकमा हालका गृहसचिव बिनोदप्रकाश सिंहलाई सचिब पदमा बढुवा भएकोमा मेरो प्रिय भाइ बिनोद सिंहलाई बधाई भन्दै लेखेका थिए । आगामी बर्ष ५८ बर्षे उमेर हदले अनिवार्य अवकाश पाउने गृह मन्त्रालयका सचिब बिनोदप्रकाश सिंह (हाल ५७ बर्ष) लाई भाइ भनेर सम्बोधन गर्ने डीआईजी अशोक सिंहको हालको उमेर ५७ बर्षभन्दा बढी हुनुपर्ने हो । सोहि हिसाबले डीआईजी सिंहले प्रहरी नियमावली अनुसार डीआइजीको ५६ बर्षे उमेरहदको कारण स्वत अवकास पाउनुपर्दछ । तसर्थ निजको शुरु नागरिकता जारी भएको जिल्लादेखि सम्पुर्ण रेकर्ड मगाइ गम्भीरतापूर्वक छानबिन गर्न जरुरी देखिन्छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend