पोखरा । गण्डकी प्रदेश सभामा ६० सांसद रहन्छन् । संविधान अनुसार ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद रहने व्यवस्था छ । यहाँका ११ जिल्लामध्ये कास्कीमा मात्रै ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छ भने ५ जिल्लामा २ क्षेत्र र बाँकी ५ जिल्लामा ४ निर्वाचन क्षेत्र तोकिएको छ । सोही अनुसार सांसदहरु निर्वाचित भएर आइसकेका छन् ।
अघिल्लो प्रदेश सभामा कास्कीबाट मात्रै १३ जना सांसद थिए । ६ प्रत्यक्ष र ७ समानुपातिक सांसद निर्वाचित भएका थिए । अहिले पनि अधिकांश सांसद २ जिल्लामा मात्रै सीमित भएका छन् । केही जिल्लामा समानुपातिक सांसद शून्य छन् भने २ जिल्लाबाट मात्रै अधिक सांसद भएका छन् ।
अन्तिम नतिजा अनुसार कास्की र बागलुङमा सर्वाधिक धेरै २२ सांसद छन् । दुवै जिल्लाबाट ११-११ सांसद चुनिएका हुन् । कास्कीमा एमालेका ८ सांसद छन् भने कांग्रेसका ३ सांसद छन् । बागलुङमा कांग्रेसका ६, एमालेका ४ र माओवादीका १ सांसद छन् ।
समानुपातिकतर्फ एमालेले १० सीट मध्ये कास्की र बागलुङबाट मात्रै ८ सांसद बनाएको थियो । एमालेबाट समानुपातिकतर्फ ६ जिल्लामा सांसद निल छ । मनाङबाट २, मुस्ताङबाट २, गोरखाबाट ५, लमजुङबाट ५, तनहुँबाट ४ सांसद छन् । यस्तै, स्याङजाबाट ८, पर्वतबाट ३, नवलपुरबाट ६ र म्याग्दीबाट ३ सांसद चुनिएका छन् ।
समानुपातिक तर्फ मनाङ, मुस्ताङ र तनहुँ निल भएको छ । कुनैपनि दलले यि जिल्लामा समानुपातिक सांसद बनाएका छैनन् । गण्डकीमा २७ सीट सहित कांग्रेस पहिलो दल बन्दा २२ सीट सहित एमाले दोश्रो, ८ सीट सहित माओवादी तेश्रो, २ सीटको राप्रपा चौंथो र १ सीटको एकीकृत समाजवादी पाँचौ शक्ति बनेको छ ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend