Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार्ल्स शोभराजलाई थुनामुक्त गर्न अस्वीकार


    बिहिबार, पुष ७ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। केन्द्रीय कारागारले कुख्यात अन्तर्राष्ट्रिय अपराधी तथा बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स सोभराजलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको बुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल छाड्ने अवस्था नदेखिएको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दियो ।

    विभागका सुचना अधिकारी रामचन्द्र शिवाकोटीले शोभराज बुधबारको आदेशकै भरमा छुट्ने अवस्था कम देखिएको बताए ।’

    केन्द्रीय कारागारबाट आदेश स्पष्ट नरहेको भन्ने कुरा आएको छ’, उनले भने । यसअघि सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित १९ वर्षदेखि नेपालको कारागारमा जन्मकैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक सोभराजलाई तत्काल थुनामुक्त गरि १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो । शोभराज फ्रान्सेली नागरिक हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार