Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मियाँको गोदाममा छापा, तस्करीको ३११ बोरा चामल बरामद


    बिहिबार, पुष ७ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बीरगंज । भन्सारछली गरी सामान भित्र्याएर राजस्व चुहावट गर्ने क्रम बढेको छ । जसको दृष्टान्त पर्साको छिपहरमाई गाउँपालिका वार्ड न ५ स्थित एक व्यापारीको गोदाममा बुधबार प्रहरीले छापा हानेर ठूलोे परिमाणमा भन्सार छली गरी ल्याएको चामल बरामद गर्नु नै हो । 

    बीरगंज भन्सार कार्यालयको टोली र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरीसहितको खटिएको टोलीले बुधबार बिश्मिल्लाह मियाँको घरमा रहेको गोदाममा छापा हानेको हो तर चामल कस्को हो भन्ने अहिले खुलेको छैन ।

    गोदामबाट ३११ बोरा चामल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको चामल करिब अन्दाजी ५ लाख ५९ हजार ८ सय रुपैयाँ भन्दा बढी मूल्यको रहेको सशस्त्रका डिएसपी सन्तोष बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार