काठमाडौं । निर्वाचन आयोगले सूचना माग गर्ने नागरिकलाई प्रहरी लगाएर थुनाउने धम्की दिएको छ । निर्वाचनका क्रममा भएको खर्चको बारेमा सूचना माग गर्ने दोलखाका विश्वनीति प्रकाशमानसिंह तामाङलाई आयोगले प्रहरी बोलाएर थुन्ने धम्की दिएको छ । मंगलबार (आज) माग गरेको सूचना लिन जाँदा आयोगका जिन्सी शाखाका कर्मचारी विश्वराज दाहालले पाख्रिनलाई दरबारमार्ग बृत्तबाट प्रहरी बोलाएर थुनाउने धम्की दिएका छन् ।
पाख्र्रिनले निर्वाचनका क्रममा भएको खर्चको मूल्य अभिबृद्धिकरसहितको विवरण माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दिएका थिए । जुन निवेदन अनुसार सूचना नदिई उल्टै सूचना माग गर्ने नागरिकलाई थुनाउन निर्वाचन आयोगका कर्मचारी दाहालले प्रहरी बोलाएको पाख्रिनले बताए । उनले भने–सूचना दिनुपर्नेमा उल्टो दरबारमार्ग बृत्तका प्रहरी बोलाएर थुनामा पठाउन खोजियो । । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को परिच्छेद २ मा स्पष्टरुपमा उल्लेख छ–‘प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ । प्रत्येक नेपाली नागररकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ ।’
ऐन अनुसार नागरिकले सूचना माग्दा निर्वाचन आयोगले प्रहरी बोलाएर थुनाउन खोज्नु दुःखद भएको बताए । उनले भने–अहिले पनि सार्वजनिक निकाय सूचनाको हक पालना गर्दैनन् भन्ने आयोगको यो ब्यवहारले देखाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सूचना माग गर्ने नागरिकलाई सूचना अधिकारीले ऐन अनुसार सूचना दिनैपर्छ । पाख्रिनजी सूचना माग्न जानुपर्ने ठाउँमा जानुभएन होला । उहाँको प्रस्तुति कस्तो रह्यो ? त्यसमा भर पर्छ । सूचना अधिकारीले प्रक्रिया पुर्याएर दिएको निवेदन अनुसार समयभित्र सूचना दिइहाल्नुहुन्छ । तर जिन्सीतिर जाँदा त कहाँ सूचना पाइन्छ त ?
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend