Nepal Face
  • आइतबार, १० साउन २०८३
  • होटल एम्बासडरमा कांग्रेसको गगन–शेखर समूहको भेला , संसदीय दलको नेता चयनबारेमा छलफल


    सोमबार, पुष ४ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूह छुट्टै भेलामा जुटेको छ । संसदीय दलको नेता छान्नुअघि राजधानीको होटल एम्बासडरमा काँग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा पक्षीय नेताहरू छलफलमा जुटेका हुन् ।

    संसदीय दलको नेताका लागि महामन्त्री थापाले उम्मेदवारको दाबी गर्दै आएका छन् । नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक देखिएका छन् ।

    १४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका काँग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन् । संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थालेका छन् । नेता रामचन्द्र पौडेल पनि दलको नेतामा इच्छुक छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार