Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  रवि लामिछाने भन्छन्- हाम्रो एजेन्डा पूरा भए सरकारमा जान सकिन्छ, प्रदेश संरचनालाई रेट्रोफिट गरौं 


    सोमबार, पुष ४ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारमा जाने नजाने भन्नेबारेमा आफूहरु छलफलमा जुटिरहेको बताएका छन्।

    बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘हाम्रा सांसद सडक र सदन दुवैमा देखिनेछौं। सरकारमा जाने निर्णय भएको छैन। छलफलमा छौं।’   

    ‘हामीले उठाएका कुरा पुरा हुने प्रतिबद्धता भए सरकारमा जाने हुन सक्छ। रिजल्ट दिन सक्ने परिणाम मुखि छलफलमा जुटिरहेका छौं,’ उनले भने।  

    प्रदेशको संरचनामा फरक मत राख्दै आएको उनले प्रदेश कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ भएको भन्दै संरचना पुन: निर्माण हुनुपर्ने बताए।

    ‘प्रदेशमा कानुन बनेन। कार्यकर्ता व्यवस्थापन गर्ने ठाँउ भयो। यसलाई मर्मत गरौं। हामीले प्रदेश हुनु हुँदैन भनेका छैनौं। रेट्रोफिट गरौं भनेका हौं।’

    यस्तै, गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ । रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार