Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहायक सीडीओको हस्ताक्षर किर्ते गरी ७० लाख निकालेपछि मट्टिहानी मन्दिरका महन्त पक्राउ


    आइतबार, पुष ३ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका एक महन्त पक्राउ परेका छन् ।

    मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैकबाट उक्त रकम निकालेको उनीमाथि आरोप छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृृष्ण पंगेनीका अनुसार रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार पाँच सय १० रुपैयाँ ३५ पैसा झिकेको प्रमाणसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रअनुसार महोत्तरी प्रहरीले महामहन्त दासलाई पक्राउ गरेको पंगेनीले बताए ।

    महामहन्त दासलाइ रुपन्देही पठाइएको छ । दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा ट्रान्सफर गरेका थिए । विशाल बस्नेत/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार