Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाक्लो हुस्सुका कारण उडान सेवा अवरुद्घ, हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती


    शनिबार, पुष २ २०७९
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत ।  हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ । नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो । 

    तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पत्ती नेपालगन्ज भर्न लागेको हो ।  उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट पाउन नसकिएको उनको भनाइ छ । 

    उनीजस्ता यात्रु दुई सयभन्दा छन् । समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले नेपालगञ्जमा तीन चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुुलाई टिकटको समस्या भएको हो । 

    बिहीबार नेपालगञ्जमा लागेको हुस्सुको कारण सिमकोटका लागि कुनै उडान हुन सकेको थिएन । शुक्रबार पनि ढिलो गरेर एक तारा र समिटले उडान भरेका थिए। हुम्लामा चिसो हुने हुँदा माथिल्लो हुम्लाका स्थानीय तराईमा जाडो छल्न जाने गर्छन् । हेमन्त केसी/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार