Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निगमले घटायो पेट्रोलियम पदार्थको भाउ 


    शुक्रबार, पुष १ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। 

    निगमले एक विज्ञप्तिमार्फत एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् नै राखिएको बताएको छ। निगमले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र  डिजेल र मट्टितेलको १७५ रुपैयाँ तोकेको छ। 

    भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो। यसअघि भारतले बारम्बार पेट्रोलियम पदार्थको मूल्य घटाए पनि निगमले विभिन्न बाहानामा मूल्य समायोजन गर्न अटेर गर्दै आएको थियो। 

    nii_94qDplon2Y.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार