Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हर्क साम्पाङलाई दण्डित गर्न माग


    शुक्रबार, पुष १ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारबाही गर्न माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै उनलाई दलित आयोगले कारबाही गर्न माग गरेको हो । 

    योसँगै धरानकै कार्यपालिका सदस्यहरु, देवीमाया बिक, दिनेश गजमेर र सावित्री परियारसहितका दलित जनप्रतिनिधि र विभिन्न संघसंगठनले समेत उनमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् । दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मेयर साम्पाङलाई कारबाही हुनुपर्ने मागसहित गृह मन्त्रालयलाई पत्रचार गरेको बताइएको छ । 

    नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मूक्ति संगठन, राप्रपा निकट उत्पीडित संगठनलगायत विभिन्न संघसंगठनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै उनलाई तत्काल दण्डीत गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार