काठमाडौं । आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ । तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन ।
संसदकाे दोस्रो ठूलाे दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै छलफल सुरु गरेको छ। आमनिर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोका विषय बनेको छ । कांग्रेससँग मिलेर चुनाव लडेकाले नयाँ सरकारमा कांग्रेससँग सहकार्य हुन सक्ने आकलनका बाबजुद एमालेसँग हिमचिम बढ्नुले माओवादी केन्द्रको कित्ता क्लियर हुन अझै बाँकी देखिन्छ ।
माओवादीले कांग्रेससँग सत्ता सहकार्यका लागि ठोस सहमति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् । गुरुङले यसअघि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि माओवादी एमाले हिमचिम थप बढेको आकलन गरिएको छ ।
यदि माओवादी केन्द्रले कांग्रेसको कित्ता छाडेर एमालेसँग मिलेर सरकार गठन प्रक्रियामा अघि बढ्यो भने एमाले विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी कता लाग्छ भन्ने विषय थप रोचक बनेको छ ।
तत्कालीन नेकपामा रहँदा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राम्रो केमेस्ट्री मिलेको थियो । सोही समयमा प्रचण्डप्रति नजिक बनेको भन्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीभित्र बेस्सरी पेलेपछि उनी पार्टी फुटाउन तयार भए । कांग्रेससँगको गठबन्धनमा समेत सँगसँगै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी निर्वाचनपछि पार्टी नै एकीकरणको गृहकार्यमा जुटेको बताइरहेका थिए ।
यद्यपि नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सत्ता समीकरण फेर्न एमाले माओवादी मिलेर कसरत गरिरहेका बेला एकीकृत समाजवादी कता लाग्छ भन्नेबारे अन्याेलता देखिन्छ ।
एमाले माओवादी मिल्दा तपाईंहरू कता ? भन्ने प्रश्नमा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधर भन्छन्, ‘एमाले र माओवादी सत्ता स्वार्थका लागि मिल्नु अनैतिक र अवसरवाद हुन्छ । एउटासँग गठबन्धन गरेर चुनावमा जाने र अर्कोसँग मिलेर सरकार बनाउने कुरा नाजायज हुन्छ । हामी कता लाग्छौं भन्ने विषय उनीहरू मिलिसकेपछि थाह हुन्छ ।’
माओवादी एमालेसँग मिल्न गए पनि आफूहरू यथास्थितिमा एमालेसँग सहकार्य नगर्ने उपमहासचिव तुलाधर बताउँछन् । उनले एमाले अध्यक्ष ओलीले आत्मालोचना गरेर विगतमा गरेका गल्तीहरूमा क्षमायाचना गरे मात्र सहकार्यबारे सोच्न सकिने तर ठोकुवा गरेर भन्न सक्ने अवस्था नरहेको बताए । सत्ता स्वार्थका लागि गरिने गठबन्धनबाट जनता आजित भइसकेकाले यस्तो अवसरवादबाट माओवादी मुक्त हुनुपर्ने उपमहासचिव तुलाधर बताउँछन् । विष्णु रैगाईं/ न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend