Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षमान पुनको स्वास्थ्यमा सुधार


    शुक्रबार, पुष १ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ ।

    पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ । एक वर्षअघि पनि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनी चीन गएका हुन् । 

    यसअघि उनकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार गरिएको थियो। अहिले पनि उनकाे साेही अस्पतालमा उपचार भइरहेकाे छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार