Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • देव गुरुङले भने : गैरराजनीतिक पृष्ठभूमिकालाई राष्ट्रपति बनाउनु गलत


    बिहिबार, मंसिर २९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गैरराजनीतिक पृष्ठभुमीकालाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियताप्रति प्रतिकुल हुने पुष्टि गरेका छन् । अहिले राष्ट्रपतिको चुनाव गर्ने बेला भईनसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने उनले उल्लेख गरे । 

    गुरुङले अगाडी भनेका छन् , ‘ राष्ट्रपतिको चुनाव गर्ने समय नभएकाले यस बारेमा छलफल गर्नु सान्दर्भिक हुदैन । अहिले मुलुकमा राष्ट्रियताको संकट छ । राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा गर्ने विचार हो । विचारकै आधारमा पार्टी चल्छ । मुलुकको रक्षा गर्ने अभिभारा वैचारीक रुपमा पार्टीहरुकै हो । विचारधारा विना मुलुकको रक्षा गर्न असम्भव छ । यद्यपी राष्ट्रपति पार्टीबाट राजिनामा दिएर स्वतन्त्र भएर हुने आफ्नै खालको मान्यता छ । राजनीतिक पृष्ठभुमी नभएर गैरराजनीतिक खालको कुरा उठेको छ । यस्तो गर्न खोज्नु राष्ट्रिया प्रतिकुलको धारणा हो ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार