Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रममन्त्री कुँवरको नाममा उपसचिव बोहराको घुस आतंक


    बुधबार, मंसिर २८ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख बसन्तबहादुर बोहराको टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको नाममा लाखौं रकम संकलन गरेको खुलेको छ । बोहराको टोलीले मन्त्री कुँवरलाई अछाम क्षेत्र नम्बर १ मा चुनाव जिताउन काठमाडौंबाट मतदाता लानका लागि बस रिजर्भ गर्न भनेर मंसिर २ गते ७ लाख रुपैयाँ ब्यवसायीबाट असुलेको आरोप छ ।

    मन्त्री कुँवरको क्षेत्रमा २ दिनअघि मतदाता पठाउन भनेर लिएको रकम बोहराको टोलीले नै खाएको बिषयले पछिल्ला दिनमा चर्चा पाएको छ । मंसिर ४ को निर्वाचनमा मत हाल्नका लागि मंसिर ३ गते बसमा मतदाता पठाए पनि मत हाल्ने दिन पनि गाउँ गाउँमा पुग्न संभव छैन । तर बोहराले मन्त्री कुँवरको नाममा मतदाता पठाउने भनेर समेत रकम असुलेका थिए ।

    मतदाता पठाउन भनेर मात्र होइन, उपसचिव बोहराले मन्त्री कुँवर अछाम १ बाट चुनाव जितेर आएपछि पनि चन्द्रागिरीमा कक्टेलसहितको भोज छ भनेर समेत रकम उठाएको आरोप छ । चुनाव जितेपछि मन्त्री कुँवरसहितका नेकपा एकीकृत समाजवादीका नेताहरुको भोज छ भने बोहराले थप ७ लाख भन्दा बढी लिएको एक ब्यवसायीले बताए ।

    ती ब्यवसायीका अनुसार मन्त्री कुँवरको नाममा बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा बोहराको टोलीले ब्रम्हलुट मच्चाएको छ । मन्त्री कुँवरलाई भने उनका नाममा भइरहेको यसखाले ब्रम्हलुटको कुनै जानकारी समेत नभएको बताइन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार