Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  प्रचण्ड भन्छन्- म प्रधानमन्त्री भएँ भने भ्रष्टाचार नियन्त्रण गर्छु


    बुधबार, मंसिर २८ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । 

    बुधवार कास्कीको अन्नपूर्ण गाउँपालिका– १ नागडाँडास्थित श्री महेन्द्र आधारभूत विद्यालय हीरक जयन्ती महोत्सव महोत्सव–२०७९ लाई सम्बोधन गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रचण्डले आफु प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको र भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताएका हुन् । 

    उनले भने, “भ्रष्टाचार नियन्त्रण यो दश विकासको लागि अनिवार्य शर्त हो । यदि मैले देशको नेतृत्व गर्ने अवसर पाए भने भ्रष्टाचारलाई नै नियन्त्रण गर्छु ।”

    यो पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दलहरुलाई अवसर र चुनौती दिएको भन्दै अध्यक्ष प्रचण्डले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा घनिभूत रुपमा छलफल भैरहेको बताए । 

    सबै राजनीतिक दलहरुले समीक्षा गर्दै आर्थिक विकासमा नयाँ क्रान्ति ल्याउनुछ । अनि मात्रै राजनीतिक क्रान्ति सफल हुने प्रचण्डको भनाई छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार