Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषा- ४ मा फेरि मतगणनाको माग गर्दै कांग्रेस उम्मेदवार यादवद्वारा सर्वोच्चमा रिट 


    बुधबार, मंसिर २८ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पुन: मतगणनाको माग गर्दै सत्ता गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ र कांग्रेसका उम्मेदवार महेन्द्र यादवबीच कडकदार प्रतिस्पर्धा भएको थियो। 

    त्यस क्षेत्रबाट एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए । महासेठले महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका थिए। 

    तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

    अघिल्लो निर्वाचनमा पनि यहि क्षेत्रबाट एमालेका महासेठ नै निर्वाचित भएका थिए। त्यो बेला उनले कांग्रेसकै यादवलाई पराजित गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार