Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेहा चौधरी प्रकरण: करोडौंको दाइजो लिएर श्रीमती कुट्ने डा. पक्राउ


    बुधबार, मंसिर २८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । केहि महिनाअघि महोत्तरीको रामगोपालपुर घर भएका डा.पंकज चौधरीसँग प्रेम विवाह भएकी नेहा चौधरीलाई दाइजोको निहुँमा श्रीमान र परिवार पक्षले कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् ।

    हिजो मंगलबार साँझ ३५ वर्षीय पंकजलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । दाइजो नपुगेको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा मुछिएका ती डाक्टरलाई ग्राण्डी र नर्भिक हस्पिटलले कामबाट समेत निकालेको थियो। 

    नेहाले दिएको उक्त दाईजोविरुद्धको जोहरी आधारमा उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ। 

    यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धि उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो ।

    दाइजोविरुद्धको कसुरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

    ३ वर्षको प्रेम पश्चात गत फागुनमा परिवारकै सहमतिमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच समाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहारको परिवारले खर्च गरेका थिए ।

    नेहा चौधरीले आफ्नो श्रीमानविरूद्ध २ वटा मुद्दा दायर गरेकी थिइन्  । सो घटना सामाजिक संजालमा निकै सार्वजनिक भएपछि नेहा माथि भएको अत्याचारको चर्को विरोध भएको थियो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार