Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रे बस दुर्घटनामा मृत्यु भएका १३ जनाको सनाखत 


    बुधबार, मंसिर २८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । काभ्रे बस दुर्घटनामा मृत्यु भएका १३ जनाको पहिचान खुलेको छ । बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ मध्ये १३ जनाको सनाखत भएको हो । 

    मृत्यु हुनेमा बनेपा नगरपालिका-११ की निर्मला तामाङ, योगेश तामाङ,अंकुर तामाङ,हेमा तामाङ,पुष्कर तामाङ,कोपिला तामाङ र  श्रेया तामाङ रहेका छन् । उनीहरु सातै जना एउटै वटाका हुन् ।

    सोही नगरपालिका-१४ का राजकुमार तामाङ,गीता श्रेष्ठ र मण्डनदेउपुर नगरपालिका-१ का जेली तामाङ,धुलिखेल-११ का बुद्ध तामाङ र बेथानचोक गाउँपालिका-५ की मञ्जु तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएकोा छ । 

    बस चालक ललितपुरको महाँकाल-४ का २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा परी ज्यान गएको हो । प्रहरीका अनुसार चार जनाको सनाखत हुन बाँकी छ । 

    ३९ यात्रु सवार बस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार २२ जना घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको छ । 

    बनेपा-११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका-५ च्याल्टी पुगेर फर्किंदै गरेको बा. ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार