तपाईको न्यूजपोर्टलमा २०७९ मंसिर २३ गते यस लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालिका बारेमा प्रकाशित समचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । एक पत्रकारले ब्यक्तिगत रिसईबी लिई यस प्रा लि. को बद्नाम गराउने मनसाय राखी sharma parkash(parkashsharma30@yahoo.com) बाट पठाइएको इमेललाई नै आधिकारीक मानी दोश्रो पक्षसँग तत्सम्बन्धमा सोधपुछ समेत नगरी समचारमा उठाइएका बिषयहरु सप्रमाण उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु ।
पीडित भनिएका पीडित भनिएका मानिसहरुलाई यस प्रालि, बैदेशिक रोजगार बिभाग वा ७७ जिल्लाका जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई उजुरी दिन लगाई न्याय गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । अन्यथा उक्त समाचारबाट यस प्रालिको ख्याति तथा संचालकले व्यहोरेको सामाजिक न्याय तथा मानसिक पीडाको कानुनी उपचार खोज्न सम्बन्धित निकायमा जान बाध्य हुने यसै निबेदन मार्फत् जानकारी गराउँदछु ।
<iframe src=”https://drive.google.com/file/d/1hPHuoBt-xH8LdgRU17okWDwAfTTFtSaq/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>
२०७९ मंसिर २३ गतेको समचारमा उल्लेख गरिएका यु.ए.ई.को अबुधाबीस्थित अल फराहा कम्पनीमा कार्यरत कामदारले काम, खान तथा बस्न लगायतका सुबिधा पाई काम गरिरहेको र नियमानुसार कम्पनीको परीक्षणकालभित्र रहेका छन् । उनीहरुको काम तलब लगायतको बिषयमा असहमति भए आफू कार्यरत कम्पनीको विरुद्ध लेबर कोर्ट वा यस प्रालिको विरुद्धमा नेपाली राजदूताबास, बैदेशिक रोजगार विभाग उजुरी दिन सक्नेछन् र छानबिनमा नियमानुसार यस प्रालि दोषी देखिएमा कानुन अनुसार क्षतिपूर्ति तिर्न बुझाउन र यस प्रालिकै खर्चमा नेपाल फिर्ता गर्न मंजुर रहेको जानकारी गराउँछु ।
उक्त कम्पनीमा पनि भ्रामक समचार पठाउने ब्यक्तिकै १ जना नजिकको मानिस गएको हुँदा उसैको सहरामा कपोलकल्पित कथा रचिएको हो ।
यस प्रालिबाट जान अन्जानमा कोही पनि पीडित भएको भएमा पीडितलाई न्याय दिने कुरामा यस प्रालि सधै तपाईहरुसँगै साथमा रहेको पनि जानकारी गराउँछु ।
कमल काफ्ले
संचालक
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालि