Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोटमा जिप दुर्घटना: ११ जनाको मृत्यु


    सोमबार, मंसिर २६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत। जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

    कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट  ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । 

    छेडागाड-५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, छेडागाड-६ वीर बहादुर खत्री,  भगवती-२, दैलेख अमर खड्का,  भगवती-२, दैलेख  मान बहादुर रावत, भगवती-२, दैलेख  बिरेन्द्र केसी,  छेडागाड-५ देवीसरा बुढा, छेडागाड-५ अमर अधिकारी र  छेडागाड-५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । 

    छेडागाड-५ की जैभान अधिकारी  गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार