काठमाडाैं । काठमाडौँ उपत्यकामा दिउँसोभन्दा बिहान र बेलुका निकै चिसो बढेको छ । आज भोलि काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । आज यहाँको न्यूनतम तापक्रम ५ दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।
उनका अनुसार आइतबार काठमाडाैंको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् ।