काठमाडौं । सात बर्षअघि कैलालीको टीकापुरमा थरुहट आन्दोलनको नाममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको हत्या अभियोगमा जेल संजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याउने तयारी गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाकै पार्टीभित्र बिरोध भएको छ । २०७२ भदौ ७ मा थरुहट आन्दोलनकारीको आक्रमणमा एसएसपी न्यौपानेसहित टीकापुरमा २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले टीकापुरको घटना अपराधिक भएकाले क्षमा गर्न नसकिने धारणा सामाजिक संजालमा प्रकट गरेका छन् । महामन्त्री गगन थापा लेख्छन्–‘क्षमा गर्नुहोला, राजनीतिक, अपराधिकरण र गैरन्यायिक हत्या दुवैसँग असहमत छु ।’
अर्का महामन्त्री शर्माले लेखेका छन्–टीकापुर प्रकरण अपराधिक घटना हो । यो वा त्यो नाममा क्षमा गर्ने प्रक्रिया अगाडि बढाइन्छ भने खुलेआम असहमति ! नेतृत्वलाई भेटेर पनि असहमति !!
त्यसैगरी, नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चौधरीलाई जेलमुक्त गर्नका लागि ल्याउन लागिएको अध्यादेशको बिरोध गरेका छन् । उनले नयाँ जनादेशको मर्म मिचेर ल्याउन लागिएको अध्यादेश निर्लज्जताको पराकाष्टा भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र १–२ हप्ता पनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्टा हो । यो तत्काल फिर्ता हुनपर्छ ।’
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend