Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन विश्व इतिहासमा आज भएका घटनाक्रम


    सोमबार, मंसिर २६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज १२ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

    इटालीको बैंकमा शक्तिशाली विस्फोट
    सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम विस्फोट भएको थियो । विस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए ।

    बेलायतबाट केन्या स्वतन्त्र
    सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो । केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो ।

    अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य
    सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको थियो । देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य हो ।

    चेक सरकार र सोभियत संघबीच हस्ताक्षर
    सन् १९४३– चेक सरकारले सोभियत संघसँग युद्धपछिको सहयोगको लागि एक सन्धिमा हस्ताक्षर गरेको थियो ।

    अमेरिकामा समलिंगी मेयर
    सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी निर्वाचित भएका थिए । एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको समलिंगी बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार