Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने


    शनिबार, मंसिर २४ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए ।

    मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए।

    निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार