Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् राप्रपाले आयोगमा बुझाएका समानुपातिक सांसदमा [सूचीसहित]


    शनिबार, मंसिर २४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । 

    राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा,  बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा,  बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो । 

    केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो ।

    डा. प्रकाशचन्द्र लोहनीको नाम समानुपातिकमा भए पनि उनी पर्न सकेनन् । आदिबासी जनजातिबाट बुद्धिमान तामााङ परेका छन् । लोहनी, तामाङ र मधेशी कोठाका प्रल्हाद साहमध्ये लिङ्देनले तामाङलाई रोजेका छन् । बृद्धअवस्थामा सांसद हुने लोहनीको चाहना पूरा हुन सकेन ।

    राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार