Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • आज पनि जबरालाई सर्वाेच्च प्रवेश गर्न नदिन धर्ना दिँदै बार


    शुक्रबार, मंसिर २३ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वाेच्च अदालत प्रवेशमा रोक लगाउने भएकाे छ ।

    संघीय संसद्का महासचिव भरतराज गौतमले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वाेच्च जान खोजिरहेका छन् । उनले बिुधबार पनि सर्वाेच्च प्रवेश गर्ने तयारी गरेका थिए ।

    तर, बार आन्दोलनमा उत्रिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए । 

    त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए ।

    महाभियोग निस्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार