Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने


    शुक्रबार, मंसिर २३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • xकाठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । 

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा  समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।

    एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए ।

    निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ । 

    प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार