Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज उधौली पर्व, सरकारले दियो सार्वजनिक बिदा


    बिहिबार, मंसिर २२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौंं । प्रकृति पूजक जातिका रुपमा चिनिने किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली (साकेला) आज देशभर हर्षोल्लासका साथ मनाईँदैछ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने प्रचलन छ ।

    किराँत राई यायोख्खाका अध्यक्ष जीवन राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । 
    किराँती धार्मिक पुस्तक मुन्धुमका अनुसार समयलाई दुई भागमा बाँडिएको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।

    खेतीबाली लगाउने बेला मनाइने पर्व उभौली हो । अन्नबाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली घरमा भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताको पूजा गरेर आफ्ना पुर्खा–पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । 
    सरकारले उधौली पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार