Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यु-१८ अन्तर्राष्ट्रिय रग्बी शनिबारदेखि


    बिहिबार, मंसिर २२ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । दुईदिने प्रतियोगतिाका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

    प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी दिए । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

    महिलामा नेपाल, भारत, युएइ, मलेसिया र थाइल्यान्डले राउन्ड रोविन लिगका आधारमा खेल्नेछन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन् ।

    रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए । उनका अनुसार बाँकी रकम एसिया रग्बीले व्यहार्ने छ ।

    नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार