Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस


    बुधबार, मंसिर २१ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । 

    आयोगले बुधबार राष्ट्रपति भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक प्रतिवेदन पेस गरेको हो ।

    प्रतिवेदनमा आव ७८/७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिसलगायतका विषय उल्लेख रहेको आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।  

    मानव अधिकारको संरक्षण र  संवर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । 

    प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार