Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खेलकुद परिषदको ट्रयाकसुट खरिदमा अनियमितता प्रकरणः ठेकेदार जोशीलाई बोलाइयो


    बुधबार, मंसिर २१ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा ट्रयाकसुट खरिदमा भएको अनियमितताका बारेमा समाचार प्रकाशित भएपछि खेलकुद परिषदले आइतबार आपूर्तिकर्ता प्लस पइन्ट ट्रेडिङका संचालक वीरेन्द्रभक्त जोशीलाई बोलाएर छलफल गरेको छ । स्रोतका अनुुसार लेखा शाखाका प्रमुख पासाङफिन्जी शेर्पा र प्रशासन प्रमुख मधसुदन बस्नेतले जोशीसँग छलफल गरेका छन् । 

    राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गएको असोज २८ देखि पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीका लागि ११ हजार सेट ट्रयाकसुट, भेष्ट र जुत्तामोजा खरिद गर्नेगरी टेण्डर गरिएको थियो । तर ३ हजार सेट ट्रयाकसुटसहितको सेट बुझाउँदै नबुझाई ३ करोड ३० लाख भुक्तानी दिइएको आरोप सदस्य सचिव टंकलाल घिसिङसहितका परिषदका कर्मचारीमाथि लागेको छ । यस बिषयमा नेपालफेस डटकमसहितका संचारमाध्यममा समाचार प्रकाशित भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि घिसिङकै निर्देशनमा ठेकेदार जोशीलाई बोलाएर छलफल गरिएको स्रोतले बताएको छ ।  

    ११ हजार खेलाडीका लागि ११ हजार सेट भेष्ट, जुत्तामोजा र ट्रयाकसुट खरिद गर्ने गरी टेण्डर भएकोमा ठेक्का पाएको प्लस पइन्ट ट्रेडिङले ८ हजार मात्र बुझाएको परिषद स्रोतले जानकारी दिएको छ । 

    ८ हजार सेट मात्र बुझाएर बाँकी ३ हजार नबुझाई ३ करोड ३० लाख भागशान्ति गरिएको आरोप परिषद नेतृत्वमाथि छ । एक जोर मोजा, भेष्ट र ट्रयाकसुटसहित एक सेटको ११ हजार रुपैयाँमा आपूर्ति गर्नेगरी नयाँबानश्वरको प्लस पइन्ट ट्रेडिङले पाएको थियो । प्लस पइन्टसँग तेक्वान्दो खेलाडी दीपक बिष्टले ट्रयाकसुट खरिदको सेटिङ गरेका थिए ।
    बुझाएको ट्रयाकसुट पनि गुणस्तरहीन भएकाले खेल मैदानमै च्यातिएको गुनासो खेलाडीले गरेका थिए । 

    त्यसैगरी नवौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडीका लागि नेपालमै उत्पादित जुत्ता प्रयोग गर्ने भनेर फुटवयेर एशोसिएसनका उपाध्यक्ष नानीराज घिमिरेले चीनबाट ल्याएर खेलाडीलाई दिएको स्रोतले बताएको छ । घिमिरेको देखावटी जुत्ता उद्योग सितापाइलमा छ । तर उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीका लागि स्वदेशी जुत्ता आपूर्ति गर्ने भनेर झुक्याई टेण्डर लिई चीनबाट जुत्ता ल्याएर दिएका थिए ।

    नेपाली जुत्ता भनेर चीनमा बनेको जुत्ता प्रयोग गरिएको अख्तियारले छानबिन गर्ने हो भने पुष्टि हुने परिषदकै कर्मचारी स्रोत बताउँछ । प्रतिजोर १ हजार ६ सय रुपैयाँमा परिषदबाट टेण्डर पाए पनि प्रतिजोर ८ सय रुपैयाँको न्यून गुणस्तरको जुत्ता खेलाडीलाई दिइएको छ । खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भने ट्रयाकसुटको पेश्की भुक्तानी मात्र दिइएको पूरा भुक्तानी नदिइएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार