Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुसालको फेसबुक अकाउन्ट ह्याक


    मंगलबार, मंसिर २० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ ।

    भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको हो ।

    ‘अर्घाखाँचीमा मतगणनाको अन्तिम परिणाम आउँदै थियो,’ भुसालले भने, ‘पटक-पटक फेसवुकले रिसेट पासवर्ड मागिरहेको थियो । अन्तत: फेसवुक अकाउन्ट नै डिसेवल भयो ।’

    अकाउण्ट डिसेवल भएपछि बनाउने निकै प्रयास गरेको भए पनि आफू असफल भएको भुसालले बताएका छन् । ह्याक भइसकेपछि केही अस्लिल भिडियो पनि शेयर भएको बुझिएको भुसालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार