Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाकालीमा एकतर्फी तटबन्धन निर्माणः नेपालले भारतलाई पठायो कूटनीतिक नोट


    मंगलबार, मंसिर २० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सीमा क्षेत्रमा कुनै संरचना निर्माण गर्न दुवै देशको सहमति र समन्वय हुनुपर्नेमा भारतले एकतर्फी रुपमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत रुपमा पक्की तटबन्धन निर्माण गरेकोमा नेपाल सरकारले कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।

    नेपालले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख छ । नेपालले सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख छ ।

    कूटनीतिक नोटमा सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार