Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थापाथलीको सुकुमबासी बस्ती हटाउन माग गर्दै स्थानीयद्वारा मेयर बालेनलाई ज्ञापनपत्र


    मंगलबार, मंसिर २० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा बस्दै आएका सुकुम्बासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बलेन) शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

    उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक÷सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित तरिकाले बसिरहेका कथित सुकुमबासीका कारण खोला प्रदुपषत भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् । 

    उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमबासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 

    सुकुमबासीहरुले आफुहरु वर्षाैंदेखि बस्दै आएको जमिनको लालपूर्जा दिन समेत सरकारसँग माग गरेका छन्। 

    यस्तै सकुमबासीहरुले विभिन्न माग राखी उचित बिकल्पविना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बाग्मती किनारका सुकुम्वासीहरुले सरकारविरुद्ध पटक पटक विरोध गरेका छन्।

    newskarkahna-news416860.jpg
    undefined

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार