काठमाडौं। काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा बस्दै आएका सुकुम्बासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बलेन) शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक÷सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित तरिकाले बसिरहेका कथित सुकुमबासीका कारण खोला प्रदुपषत भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् ।
उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमबासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
सुकुमबासीहरुले आफुहरु वर्षाैंदेखि बस्दै आएको जमिनको लालपूर्जा दिन समेत सरकारसँग माग गरेका छन्।
यस्तै सकुमबासीहरुले विभिन्न माग राखी उचित बिकल्पविना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बाग्मती किनारका सुकुम्वासीहरुले सरकारविरुद्ध पटक पटक विरोध गरेका छन्।

काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend