काठमाडौं । भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना(बाँध) बनाएपछि दार्चुलाको खलंगा डुबानमा पर्ने भएको छ । खलंगाको महाकाली नदी पारीपट्टि एकतर्फी रुपमा पेलेर बाँध बनाएको विषयमा भारतलाई कूटनीतिक नोट पठाउन गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।
गृहमन्त्रालयले सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी भारतले महाकाली मिच्दै एकतर्फी तटबन्धन बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको विषयमा भारतलाई कुटनीतिक नोट पठाउन भनेको हो ।
नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति र्पुयाउने उल्लेख छ । गृहले सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्नेमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरेको गृहको पत्रमा उल्लेख छ ।
पटक–पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिरहेकाले कूटनीतिक रूपमा पहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न गृहले परराष्ट्र मन्त्रालयसमक्ष आग्रह गरेको हो ।
भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरेपछि दार्चुलाको खलंगाबासी आक्रोशित भएका छन् । र, आइतबार अपराह्न ४ बजेतिर खलंगामा दुवैतर्फबाट ढुंगा हानाहान भएको थियो । सो क्रममा भारतीय पक्षले प्रहार गरेको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend