Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाकाली तटबन्ध निर्माणबारे भारतलाई कूटनीतिक नोट पठाउन परराष्ट्रलाई गृह मन्त्रालयको आग्रह


    मंगलबार, मंसिर २० २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना(बाँध) बनाएपछि दार्चुलाको खलंगा डुबानमा पर्ने भएको छ । खलंगाको महाकाली नदी पारीपट्टि एकतर्फी रुपमा पेलेर बाँध बनाएको विषयमा भारतलाई कूटनीतिक नोट पठाउन गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।

    गृहमन्त्रालयले सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी भारतले महाकाली मिच्दै एकतर्फी तटबन्धन बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको विषयमा भारतलाई कुटनीतिक नोट पठाउन भनेको हो ।

    नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति र्पुयाउने उल्लेख छ । गृहले सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्नेमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरेको गृहको पत्रमा उल्लेख छ ।

    पटक–पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिरहेकाले कूटनीतिक रूपमा पहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न गृहले परराष्ट्र मन्त्रालयसमक्ष आग्रह गरेको हो ।

    भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरेपछि दार्चुलाको खलंगाबासी आक्रोशित भएका छन् । र, आइतबार अपराह्न ४ बजेतिर खलंगामा दुवैतर्फबाट ढुंगा हानाहान भएको थियो । सो क्रममा  भारतीय पक्षले प्रहार गरेको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार