Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६.८ डिग्रीमा झर्‍याे


    मंगलबार, मंसिर २० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।

    मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । 

    पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ ।

    हाल पहाडी भूभागमा आंशिक बदली छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार