Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्रदेखि पहिलो पटक बालकको मुटु प्रत्यारोपण


    मंगलबार, मंसिर २० २०७९
    3.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज ६ डिसेम्बर २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम

    बोत्स्वाना स्वतन्त्र

    सन् १९७७ मा बोत्स्वाना दक्षिण अफ्रिकाबाट स्वतन्त्र भएको थियो । वोत्स्वान गणतन्त्रलाई कहिल्यै पनि अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन । सन् १९४४ मा शृंखलाबद्ध कुपछि यो दक्षिण अफ्रिकासँग मिसिएको थियो । 

    पहिलो पटक बालकको मुटु प्रत्यारोपण

    सन् १९६७ मा पहिलो पटक बालकको मुटु प्रत्यारोपण भएको थियो । दक्षिण अफ्रिकामा पहिलो पटक  विश्वमा नै पहिलो मुटुको प्रत्यारोपणपछि अमेरिकामा पहिलो पटक बालकको मुटुको प्रत्यारोपण भएको थियो । एड्रियन क्यान्ट्रोविज र उनको समूहले ब्रुकलाईनस्थित मिमोनाईड्स मेडिकल सेन्टरमा बालकको मुटु प्रत्यारोपण गरेको थियो । 

    अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा

    सन् १९२२ मा अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा गरिएको थियो । ब्रिटीश र अ‌इरिस प्रतिनिधिबीच सन् १९२१ मा भएको एउटा सन्धिपछि डोमिनेशन अफ ब्रिटीश शासन स्थापना संभव भएको थियो । सो राज्य सन् १९३७ सम्म अस्थित्वमा अ‌ाएको थियो । 

     फिनल्यान्डको स्वतन्ता

    सन् १९१७ मा फिनल्यान्ड स्वतन्त्र भएको थियो । उत्तरी युरोपेली देश फिनल्यान्ड सन् १८०९ मा रसियाली शासनको नियन्त्रणमा थियो । रसियाको अक्टोबर क्रान्तिपछि सोभियत युनियन खडा भएसँगै फिनल्यान्डको स‌ंसदले स्वतन्त्रता घोषणा गरेको थियो । 

    अमेरिकी संविधानमा संशोधन

    सन् १८६५ मा अमेरिकी संविधानको १३औँ संशोधन भएको थियो । संशोधनसँगै अमेरिकामा दासता अन्त भएको थियो 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार