पोखरा । मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अविर र माला लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनले भनेका छन्, ‘राजनीति कमाउनका लागि होइन । सेवाभावले निस्वार्थ रुपले जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यक्ता हो ।’ उनले त्यस पार्टीमा स्वच्छ छवी भएका नेता रहेकाले सोही पार्टीको सिद्धान्तसँग आफ्नो विचार मिलेको बताए । उनले निस्वार्थ सेवाभावका रुपमा राजनीतिलाई चित्रण गरिरहँदा मनाङे आफैँ सत्ताका लागि पटक पटक पार्टी फेर्ने पात्रको रुपमा स्थापित भएका छन् ।
२०७५ सालमा सांसदको सपथ लिनुअघि उनी जेलमा थिए । कर्तब्य ज्यान मुद्दामा दीपक मनाङे २०७४ को चुनावमा मनाङ (ख) बाट निर्वाचित भए । उनलाई तत्कालीन बाम गठबन्धनले सघाएको थियो । निर्वाचित भएपछि करिव ८ महिना जेल बसेर निस्किएका मनाङे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नै प्रयोग गरेर संसद छिरे । सभामुख र मुख्यमन्त्रीले नचाहेको भए मनाङेले सपथ लिन समेत पाउने थिएनन् । सपथ लगत्तै उनी नेकपा प्रवेश गरे ।
२०७३ सालमा राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष सर्वसम्मत चुनिएका दीपक मनाङे २०७४ को निर्वाचनसम्म स्वतन्त्र भैसकेका थिए । उनले सबै राजनीतिक पार्टीबाट सन्यास लिए । राप्रपा कमजोर हुँदै गएको मनाङमा पार्टीबाट चुनाव जित्ने सम्भावना नदेखेका उनले स्वतन्त्र बनेर एमालेको साथ पाए । राप्रपामा आवद्ध हुनुअघि मनाङे कांग्रेससँग निकट थिए । राप्रपा छाडेर केही समय संघीय समाजवादी नेपालसँग पनि आवद्ध भए । मनाङे सांसदमा निर्वाचित भएपछि पक्राउ परेका हुन् ।
नेकपा विभाजनको संकेत पाउने वित्तिकै प्रदेश सभाको संसदीय दलमा नरहेको घोषणा गरे । केही समय उनी सरकारमा युवा तथा खेलकुद मन्त्री बने । गुरुङको सत्ता ढलेपछि मनाङे गठबन्धनतिर ढल्किए । उनले नै समर्थन गरेर गण्डकीमा नयाँ सरकार बन्यो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङ (ख) बाट पुनः उम्मेद्वारी दिए । उनका विरुद्धमा एमालेले जिल्ला सदस्यलाई उम्मेदवार बनाएको थियो । मनाङेले एमालेलाई फकाए, आफुलाई सर्वसम्मत निर्वाचित गराए । मनाङे कूटनीतिक छन् । राजनीतिको केन्द्रमा रहन उनले पार्टीलाई ढाल बनाइरहेका छन् । अहिले गण्डकीमा सत्ता गठबन्धनको बलियो बहुमत छ । कांग्रेस र माओवादी मिल्दा पनि सरकार बन्न सक्छ । त्यसो हुँदा स्वतन्त्र चुनाव जितेका मनाङे सरकारमा नअट्ने अवस्था छ ।
त्यसैले मनाङेले दिमाग लगाए, स्वतन्त्रबाट सरकारमा जान नपाउने बुझेपछि उनी सत्ता गठबन्धनकै दलमा प्रवेश गरे । त्यो पनि कमजोर पार्टी, एकीकृत समाजवादीमा । उनी प्रवेश गरेसँगै गण्डकीमा एकीकृत समाजवादीले एक सांसद पाएको छ । उनको प्रवेशले मनाङे र एकीकृत समाजवादी दुवैलाई फाइदा छ । एसले संसदमा प्रतिनिधि पाएको छ भने मनाङेले मन्त्री पाउने छन् । गुण्डा नाइके मनाङे पटक पटक दलहरुलाई झुक्याउँदै सत्ताको चास्नीमा रोमान्स गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend