Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • स्वतन्त्र सांसद दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश


    सोमबार, मंसिर १९ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र शिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।

    पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । 

    नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार