Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • दोलखामा शिवाकोटी र कार्कीको कडा टक्कर, ३० मतले एमालेको अग्रता


    सोमबार, मंसिर १९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखाको प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा एमालेका बालकृष्ण शिवाकोटीले झिनो मतले अग्रता लिएका छन् । 

    सोमबार बिहानसम्म माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिइरहेका भए पनि बिगु गाउँपालिका ओराङको मत गनिसक्दा शिवाकोटीले अग्रता लिएका छन् । 

    एमालेका शिवाकोटीले ३३९३९ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कार्कीले ३३९०९ मतका साथ उनलाई पछ्याइरहेका छन् । मतान्तर जम्मा ३० मात्र छ । अब ४ वटा वडा मात्र मत गन्न बाँकी छ ।  बिगुको लामाबगर, शैलुङको दुधपोखरी र भूसाफेदा, मेलुङको पवटी बुथको मतगणना बाँकी छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार