Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित, ओलीका विश्वासपात्र कर्ण थापा पराजित


    आइतबार, मंसिर १८ २०७९
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  बाजुरा । बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेका छन् ।

    बुधबारबाट सुरु भएको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने नका निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य थापाले २६ हजार ३४९ मत पाए । थापा एमालेका सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज पनि हुन् ।

    ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ । २०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जिते पनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन् ।

    बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गर्दैआएको थियो । तर निर्वाचन आयोगले ११ दिनपछि मात्रै मतगणना सुरु गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार