स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ५ हजार ६२७ मतान्तरका साथ निर्वाचित भएका छन् । एमालेकी सचिव तथा पूर्वमन्त्री पदमाकुमारी अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् । शनिबार राति स्याङ्जा २ को मतणना सकिएको छ ।
मतगणना अनुसार गुरुङले ३१ हजार ४६६ मत पाएर बिजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी अर्यालले २५ हजार ८३९ मत पाएकी छन् ।
स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्र्टीका उम्मेदवार टिकराज गुरुङले पनि उल्लेख्य मत पाएका छन् । उनले ८ हजार ११३ मत पाएका छन् ।
२०७४ मा स्याङ्जाबाट नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजीत गरी एमालेकी अर्याल बिजयी भएकी थिइन् । उनलाई केपी शर्मा ओलीले स्वास्थ्य राज्यमन्त्री, भूमिब्यवस्था मन्त्री र कृषि मन्त्री बनाएका थिए ।
तीन वटा मन्त्रालयमात्र होइन, एमालेका कयौं बरिष्ठ महिला नेतृहरुलाई पछि पार्दै एमाले अध्यक्ष ओलीले सौराहा महाधिवेशनबाट अर्याललाई पार्टीको सचिव समेत बनाए । उनी भूमिब्यवस्था मन्त्री हुँदा गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्न भूमि ऐन संशोधनदेखि सबै अनियमित प्रक्रियामा सामेल थिइन् । उनले धेरै ठाउँमा सरकारी जग्गा दर्ता गर्ने माफियादेखि कित्ताकाट खुलाउने क्रममा अपारदर्शी चलखेल गरेको आरोप लाग्यो ।
कृषि मन्त्री हुँदा नक्कली मल भित्र्याएर अरब घोटाला पनि उनकै कार्यकालमा भएको थियो । यिनै कारणले उनले अहिलेको चुनावमा पराजयको सामना गर्नुपरेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend