स्याङ्जा । स्याङजा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता बढाउँदै लगेका छन् । उनलाई एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले पछ्याइरहेकी छन् । प्रतिनिधिसभाको करिब ६० हजार मतगणना सकिंदा गुरुङ अर्यालभन्दा २ हजार २६ मतान्तरले अर्यालभन्दा अगाडि छन् ।
पछिल्लो मतगणनाको परिणाम अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छन् ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ ।
अब चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी रहेको छ । चापाकोटका ४ वटा बुथ नेपाली कांग्रेसले कब्जा गरेको भन्दै पुनः मतदान गर्नुपर्ने माग गर्दै अर्यालले मतगणना रोक्दैआएकी थिइन् । तर निर्वाचन आयोगले बुधबारदेखि मतगणना गर्ने निर्णय गरेको थियो ।