Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • विकृत निर्वाचनले लोकतन्त्रलाई कमजोर बनायो : गिरिराजमणि पोखरेल


    शनिबार, मंसिर १७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउदै लगेको आरोप लगाएका छन् ।

    निर्वाचनको विकृत पक्ष झाङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले बामपंथी समेत यो चेतवाट पृथक नरहेको धारणा राखे ।

    पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउदै आएको जिकिर गर्दै आफूहरुले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए ।

    उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा शसक्त हस्तक्षेपकारी छलफल चलाउन आमपार्टी, बौद्धिक वर्ग र नागरिक समाजसँग माग गरेका छन् ।

    चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको आरोप लगाउँदै नेता पोखरेलले विवेकपूर्ण मताधिकार बन्दी बन्दै गएको बताए ।

    लगातार तीन पटक महोत्तरी-१ बाट विजयी भएका पोखरेल यो निर्वाचनमा भने एमालेका लक्ष्मी महतोसँग पराजित भएका छन् । विशाल बस्नेत/न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार