काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा खसेको ७० हजार १९१ मत मतमध्ये ५० हजार भन्दा बढी गणना हुँदा नेपाली कांगे्रेसका धनराज गुरुङले २२१३ मतान्तरले अग्रता लिएका छन् । शुक्रबार बेलुकासम्म नेकपा एमालेकी पदमा अर्यालले अग्रता घटाएर मतान्तर १७ सम्म झारेकी थिइन् । तर शनिबार बिहान गुरुङले पुनः अग्रता बढाउँदै २ हजार २ सय १३ पुर्याएका छन् ।
मतगणनाको पछिल्लो जानकारी अनुसार नेपाली कांग्रेसका गुरुङले २२ हजार ४८० मत प्राप्त गरेका छन् भने एमालेकी पदमाकुमारी अर्यालले २० हजार २६७ मतका साथ पछ्याइरहेकी छन् । नेपाल स्वतन्त्र पार्टीका टीकाराज गुरुङ ७ हजार २३८ मतका साथ तेस्रोमा छन् ।
स्याङ्जाको प्रदेशसभा (क)मा नेपाली कांग्रेसका भोजराज अर्याल बिजयी भइसकेका छन् । प्रदेश (ख)मा नेपाली कांग्रेसका महेश भट्टराई नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई झिनो मतका साथ अगाडि लागेका छन् । शुक्रबार रातिसम्म श्रेष्ठले अग्रता हासिल गरेकोमा शनिबार बिहान उनी १ सय ४२ मतले पछाडि परेका छन् । भट्टराईले १० हजार २६१ मत प्राप्त गर्दा एमालेका श्रेष्ठले १० हजार ११९ मतका साथ पछ्याइरहेका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend