Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः भूपालमा ग्यास लीक हुँदा २ हजारको मृत्यु भएको त्यो दिन


    शनिबार, मंसिर १७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २ हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका हजारौंलार्ई विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै सवैभन्दा खराब औधोगिक दुर्घटना मानिन्छ ।
     
    सन् १९७० मा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए । धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए ।
     
    पहिलो पटक नियोन लाइटको आविश्कार
    सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो । अधिकांश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली आविश्कार तथा इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविश्कार गरेका थिए । ती लाइटलाई पहिलो पटक पेरिस मोटर सो मा पहिलो पटक प्रदर्शन गरिएको थियो ।
     
    अमेरिकाको २१ औं राज्य इलिनोइस
    सन् १८१८ मा मध्यपश्चिमी राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो । इलिनोइस अमेरिकामा आबद्ध हुने २१ औं राज्य हो । तीन ओटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृह राज्य बताउँदै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार