Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी राजदूतसँगको भेटबारे बालेनको स्पष्टोक्तिः एमसीसीमार्फत् विद्युत विदेशमा बेच्ने होइन, नेपालमै प्रयोग गर्नुपर्छ भनेका छौं


    शुक्रबार, मंसिर १६ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्र मन्त्रालयसँग अनुमति नलिई अमेरिकी राजदूत राजदूत डी आर थम्पसनसँग भेटेको बिषयमा एमालेका नेता डा. भीमबहादुर रावलले उठाएको सवालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कडा जवाफ फर्काएका छन् । मेयर साहले अमेरिकी राजदूतले पटक पटक भेट्न खोज्दा परराष्ट्रको अनुमति लिएर आउनू भनेर जवाफ दिएको र अनुमति लिएर आएकाले भेटेको स्पष्ट पारेका छन् । 

    मेयर साहले रावलतर्फ संकेत गर्दै भनेका छन्–हामीलाई तपाईहरुजस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । अमेरिकी राजदूतले आर्थिक सहयोग लिएर आएकोमा अमेरिकामै नेपाली सभ्यता झल्काउने मन्दिर वा पाटीपौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएको उल्लेख गरेका छन् ।  

    रावलले उठाएको सवालको जवाफमा मेयर बालेनले लेखेका छन्–अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । 

    हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत् विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार